एजेन्सी । फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन् । हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुराना समेत यसको शिकार भएको समाचार बाहिरिएको छ ।
यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् ।
उनले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा बुलाउने बताएकी छिन् । उनले कास्टिङ काउचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’
शर्लिनले ४/५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझेको बताइन् । उनले भनिन्, ‘मैले डिनरको मतलब बुझेँ । त्यसपछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गरेँ ।’
उनले भनिन्, ‘ शुरुवाती दिनहरुमा कसैले मलाई चिनेका थिएनन् । म फिल्मकर्मीहरुसँग भेटघाट गर्न जान्थे । काम माग्न जान्थे । ता कि म आफूमा जुन क्षमता देख्थे त्यो क्षमता तिनीहरुले देखुन् भन्ने चाहान्थे ।
Facebook Comments