उदयपुरमा एकैदिन चार महिलामा कोरोना देखियो, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ।

आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.