नेपाल सत्य

9638 Posts
काेराेना भाइरसबाट बच्न अमेरिकामा हिन्दु पूजारी बाेलाएर शान्ति पाठ

काेराेना भाइरसबाट बच्न अमेरिकामा हिन्दु पूजारी बाेलाएर शान्ति पाठ

एजेन्सी । कोरोना भाइरसको प्रकोपबाट लाखौँ नागरिकहरु प्रभावित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा शान्ति पाठ गराएका छन्। कोरोना भाइरसबाट संक्रमतिहरुको स्वास्थ्य लाभको कामना गर्दै ह्वाइटहाउसमा हिन्दु पूजारी बोलाएर शान्ति पाठ गरिएको हो। अमेरिकाको राष्ट्रिय प्रार्थना दिवसको अवसरमा राष्ट्रपति ट्रम्पले न्यू जर्सीस्थित बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश ब्रह्मभट्टलाई बोलाएर शान्ति पाठ गराएका हुन्। उक्त अवसरमा अन्य धर्मका प्रतिनिधिहरुसमेत सहभागी थिए। ह्वाइट हाउसको रोज गार्डनमा भएको शान्ति पाठ पश्चात ट्रम्पले पुजारी हरीश ब्रह्मभट्टप्रति आभार व्यक्त गरेका थिए। कोरोना भाइरसको विश्वव्यापी महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश हो।
Read More
कोरोनाको औषधि बनाएर आफैंमा परीक्षण गर्ने चिकित्सकको मृत्यु, अर्का एक गम्भीर

कोरोनाको औषधि बनाएर आफैंमा परीक्षण गर्ने चिकित्सकको मृत्यु, अर्का एक गम्भीर

एजेन्सी । भारतको चेन्नईमा एक चिकित्सकले कोरोनाभाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसनकाे ज्यान गएकाे हाे। शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजर हुन् । उक्त कम्पनीको कफ सिरप प्रसिद्ध छ । कोरोनाभाइरस निको पार्न शिवगनेसन र उनका हाकिम राजकुमारले एक औषधि खोज्ने कोशिश गरिरहेका थिए । राजकुमारले उक्त औषधिका केही थोपा पिए भने शिवगनेसनले अलि बढी नै पिए । त्यसपछि दुवैजना बेहोश भए । उनीहरूलाई तत्कालै नजिकैको अस्पताल लगियो । शिवगनेसनको मृत्यु अस्पतालमा भएको थियो भने राजकुमारको स्वास्थ्य गम्भीर भएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ…
Read More
फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

सउल। कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो । अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस सङ्क्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट सङ्क्रमण शुरु भएको हो । उक्त सङ्क्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको सङ्सर्गमा पुगेका दुई हजार…
Read More
पेट्रोलियम पदार्थ खपत दोब्बर

पेट्रोलियम पदार्थ खपत दोब्बर

काठमाडौँ । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए। उहाँका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५,…
Read More
रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ । सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि…
Read More
बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

बैतडी । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (रु तीन हजार २००) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ”, उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको…
Read More
राइस मिलको गोदाम सिल

राइस मिलको गोदाम सिल

लहान। गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर राइस मिल सञ्चालन गरेको भन्दै गोलबजार नगरपालिकास्थित शिवनाथ साहको राइस मिलको गोदाम सिल गरेको हो । राइस मिलले कुटानी पिसानीको स्वीकृति लिएर पिठो प्याकिङ गरी बिक्री गर्ने गरेको, प्याकिङमा मूुल्य उल्लेख नभएको, उत्पादन मिति र समाप्ती मिति उल्लेख नभएको पाइएपछि गोदाममा सिल गरिएको उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भरत अग्रवालले जानकारी दिए । यस्तै अनुगमन टोलीले गोलबजारमा सञ्चालित विभिन्न किराना पसलमा गरेको अनुगमनको क्रममा दररेटअनुसार सामान बिक्री वितरण नभएको, म्याद…
Read More
कैलालीमा प्रेमीकाकाे अश्लील भिडियो बनाइ प्रेमीले पठाए आफन्तलाई

कैलालीमा प्रेमीकाकाे अश्लील भिडियो बनाइ प्रेमीले पठाए आफन्तलाई

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अश्लील भिडियो राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का २३ वर्षीय सन्तराम चौधरी छन्। चौधरीले कैलालीको गौरीगंगा नगरपालिकाकी एक युवतीकाे म्यासेन्जरबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो र फोटा पठाइ आत्महत्या गर्न बाध्य बनाएको प्रहरीले जनाएको छ प्रेम सम्बन्धमा दरार आएपछि चौधरीले ती युवतीको फेसबुकमार्फत् नै अश्लील भिडियो र फोटाहरु पठाएको पाइएको प्रहरीले जनाएको छ। अश्लील भिडियो र फोटा आफन्तलाई पठाइएपछि मानसिक तनावमा रहेकी युवतीले कैलाली धनगढी उपमहानगरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेकी थिइन्। चौधरीलाई उक्त अश्लील भिडियो, फोटा, र फेसबुक आईडी लगईन…
Read More
चिनियाँ सञ्चारमाध्यमको दावी: सगरमाथा चीनमा पर्छ

चिनियाँ सञ्चारमाध्यमको दावी: सगरमाथा चीनमा पर्छ

काठमाडौं । एक चिनियाँ सञ्चार माध्यमले सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गरेको छ । नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा चार तस्वीर सार्वजनिक गरेपछि त्यसको विरोध सुरू भएको छ । नेपाली भूमि लिपुलेक मिचेर भारतले सडक विस्तार गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला चीनको एक सञ्चारमाध्यमले नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूभागमा पर्ने उल्लेख गरेपछि सामाजिक सञ्जालमा विरोध सुरू भएको हो । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले गरेको ट्वीट https://twitter.com/CGTNOfficial/status/1256548993447886848?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1256548993447886848&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2020%2F10%2F162809%2F सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई…
Read More
नेहाले तोडिन् रेकर्ड

नेहाले तोडिन् रेकर्ड

मुम्बई । बलिउड गायिका नेहा कक्कड प्रायः चर्चामा रहन्छिन्। उनले आफ्नो गीति यात्राका क्रममा धेरै हिट गीत दिएकी छन्। सुपरहिट गीतका कारण नेहाले देशमा मात्र होइन पूरा विश्वमा आफ्नो परिचय बनाएकी छन्। अहिले नेहाले दुनियाँभरका अन्तर्राष्ट्रिय गायिकालाई उछिन्दै नयाँ रेकर्ड बनाएकी छन्।एक्स एक्ट्स चार्ट्सले हालै एउटा सूची सार्वजनिक गरेको छ जसमा २०१९ मा युट्युबमा दुनियाँभरबाट सबैभन्दा बढी हेरिएका महिला समावेश छन्। नेहा एक्स एक्ट्स चार्ट्सको काउन्ट डाउनको दोस्रो नम्बरमा छिन्। नेहाले यसको जानकारी आफ्नो सोसल मिडिया अकाउन्टमार्फत दिएकी हुन्। सूचीमा अमेरिकन र्‍यापर कार्डी बी ४.८ बिलियन भ्युजसँगै पहिलो नम्बरमा छिन्। नेहा ४.५ बिलियन भ्युज पाएर दोस्रो नम्बरमा छिन्। यो सूचीमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.