काेराेना भाइरसबाट बच्न अमेरिकामा हिन्दु पूजारी बाेलाएर शान्ति पाठ

एजेन्सी । कोरोना भाइरसको प्रकोपबाट लाखौँ नागरिकहरु प्रभावित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा शान्ति पाठ गराएका छन्।

कोरोना भाइरसबाट संक्रमतिहरुको स्वास्थ्य लाभको कामना गर्दै ह्वाइटहाउसमा हिन्दु पूजारी बोलाएर शान्ति पाठ गरिएको हो।

अमेरिकाको राष्ट्रिय प्रार्थना दिवसको अवसरमा राष्ट्रपति ट्रम्पले न्यू जर्सीस्थित बीएपीएस स्वामीनारायण मन्दिरका पूजारी हरीश ब्रह्मभट्टलाई बोलाएर शान्ति पाठ गराएका हुन्।

उक्त अवसरमा अन्य धर्मका प्रतिनिधिहरुसमेत सहभागी थिए। ह्वाइट हाउसको रोज गार्डनमा भएको शान्ति पाठ पश्चात ट्रम्पले पुजारी हरीश ब्रह्मभट्टप्रति आभार व्यक्त गरेका थिए।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश हो।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.