कोरोनाको औषधि बनाएर आफैंमा परीक्षण गर्ने चिकित्सकको मृत्यु, अर्का एक गम्भीर

एजेन्सी । भारतको चेन्नईमा एक चिकित्सकले कोरोनाभाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसनकाे ज्यान गएकाे हाे। शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजर हुन् । उक्त कम्पनीको कफ सिरप प्रसिद्ध छ ।

कोरोनाभाइरस निको पार्न शिवगनेसन र उनका हाकिम राजकुमारले एक औषधि खोज्ने कोशिश गरिरहेका थिए । राजकुमारले उक्त औषधिका केही थोपा पिए भने शिवगनेसनले अलि बढी नै पिए ।

त्यसपछि दुवैजना बेहोश भए । उनीहरूलाई तत्कालै नजिकैको अस्पताल लगियो । शिवगनेसनको मृत्यु अस्पतालमा भएको थियो भने राजकुमारको स्वास्थ्य गम्भीर भएको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Facebook Comments