फोन चार्ज नभएर हैरान हुनुहुन्छ, यस्ता छन् छिटो चार्ज गर्ने उपाय
काठमाडौं। कुनै समय टेलिफोनमा कुराकानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ । घरको एउटा कुनै सदस्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ नि भन्ने अवस्था सृजना भएको छ । अर्थात प्रत्येक घरका हरेकजसो सदस्यको हातहातमा मोबाइल छ । तर मोबाइल फोन छिटो चार्ज नहुदा दिक्क लाग्नेहरु पनि धेरै नै छन् । यस्तो समस्या समाधानका लागि आजकल स्मार्टफोन निर्माता कम्पनीहरूले उनीहरूको मिडरेन्ज र त्यस माथिको श्रेणीका स्मार्टफोनमा फास्ट चार्ज सुविधा प्रदान गरिरहेका छन्। तर यस्ता धेरै प्रयोगकर्ताहरू छन् जससँग फास्ट चार्ज स्मार्टफोनहरू छैनन् र उनीहरूको फोनहरू ढिलो चार्ज हुने गरेको छ । फोन …
