नेपालमा काेराेना संक्रमितको संख्या १ सय २० पुग्यो

काठमाडाैँ। कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन। नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३१ जना उपचारपछि निको भइसकेका छन्।

<img src=”https://onlinenepal.com/wp-content/uploads/2020/05/97125079_527701624567847_2703470952628355072_n.jpg” alt=”” width=”720″ height=”971″ class=”alignnone size-full wp-image-13047″ />

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.