लकडाउनमा क-कसले वितरण गर्न पाउँछ पास?

काठमाडाैँ। सरकारले २६ वैशाखदेखि खुलेका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीकोे आवतजावतको लागि पास उपलव्ध गराउने भएको छ । यस्तो पास काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाट उपलव्ध गराउँदै छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सम्बन्धित नियामक निकाय का सार्थै मन्त्रालयका सचिवलगायतले पास वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रालयले मात्र पास वितरण गरेका थिए ।

प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिनुपर्नेछ । यस्तै, धितोपत्रसँग सम्बन्धित व्यवसाय गर्ने निकायहरुले नेपाल धितोपत्र बोर्डबाट, बीमा कम्पनीहरुले बीमा समितिबाट, सहकारी संस्थाहरुले सहकारी विभागबाट, व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट र जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्नेछ ।

निर्माण सामग्री बोक्ने सवारीलाई भने बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि मात्र पास दिइने छ । स्वास्थ्य, कृषि र पशुजन्य प्रयोजनका लागि भने पास नचाहिने व्यवस्था छ ।

हेर्नुहोस कसले कसरी लिने पास

Facebook Comments