नेहाले तोडिन् रेकर्ड

मुम्बई । बलिउड गायिका नेहा कक्कड प्रायः चर्चामा रहन्छिन्। उनले आफ्नो गीति यात्राका क्रममा धेरै हिट गीत दिएकी छन्।

सुपरहिट गीतका कारण नेहाले देशमा मात्र होइन पूरा विश्वमा आफ्नो परिचय बनाएकी छन्। अहिले नेहाले दुनियाँभरका अन्तर्राष्ट्रिय गायिकालाई उछिन्दै नयाँ रेकर्ड बनाएकी छन्।एक्स एक्ट्स चार्ट्सले हालै एउटा सूची सार्वजनिक गरेको छ जसमा २०१९ मा युट्युबमा दुनियाँभरबाट सबैभन्दा बढी हेरिएका महिला समावेश छन्।

नेहा एक्स एक्ट्स चार्ट्सको काउन्ट डाउनको दोस्रो नम्बरमा छिन्। नेहाले यसको जानकारी आफ्नो सोसल मिडिया अकाउन्टमार्फत दिएकी हुन्। सूचीमा अमेरिकन र्‍यापर कार्डी बी ४.८ बिलियन भ्युजसँगै पहिलो नम्बरमा छिन्। नेहा ४.५ बिलियन भ्युज पाएर दोस्रो नम्बरमा छिन्। यो सूचीमा नेहाबाहेक कोही पनि भारतीय महिला कलाकार छैनन्।

नेहाले सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्ल्याक पिंक, केरल जी, निकी मिनाज र ग्र्यान्डजस्ता चर्चित गायिकालाई उछिनेकी छन्। यो उपलब्धिपछि उनलाई सोसल मिडियामा बधाईको आइरो लागेको छ। एजेन्सी

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.