सुरक्षा/अपराध

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं । सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेलाई म्याद थपका लागि प्रहरी वृत्त गौशालाले आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । नाबालिगले गत भदौ २१ गते…
Read More
भारतीय सीमा सुरक्षा बलको टोली काठमाडौं आइपुग्यो

भारतीय सीमा सुरक्षा बलको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन काठमाडौं आइपुगेका छन् । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । बैठक दिउँसो १२ बजे सुरु हुने बताइको छ । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन् । बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।
Read More
नबालिका जबर्जस्ती करणीमा के छ सन्दीप लामिछानेकाे कनेक्सन ?

नबालिका जबर्जस्ती करणीमा के छ सन्दीप लामिछानेकाे कनेक्सन ?

काठमाडाैँ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ। १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका छन्। बलात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई हाल काठमाडाैँको बुढानीलकण्ठ नगरपालिकास्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जाहेरीमा घटना भदौ ५ गते भएको भनिएको छ। उक्त दिन सन्दीपले बहिनीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाउन लगेको र राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक जबर्जस्ती करणी गरेको पीडित भनिएकी किशोरीका दाजुले दिएको जाहेरीमा उल्लेख छ। यसरी जाहेरी आएपछि…
Read More
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन फोटो स्टुडियो सञ्चालक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन फोटो स्टुडियो सञ्चालक पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका तीन फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए। मोरङ घर भई गौशाला बस्‍ने एभिआइ फोटो स्टुडियोका चबुरलाल चौधरी, सिन्धुली घर भई बानेश्वर बस्ने एमए जनरल फोटो स्टुडियोकी सुमित्रा कोइराला र आरएन फोटो स्टुडियोकी फुल्हमु तामाङ पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनीहरूले स्टुडियोमा एसएलसी, प्लस टु लगायतको शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोप छ। प्रहरीले स्टुडियोबाट प्रमाणपत्र, कम्प्युटर, ल्यापटप, फोन बरामद गरेको छ। एसपी कोइरालाका अनुसार उनीहरूले विशेषगरी खाडी मुलुक जानेलाई प्रमाणपत्र…
Read More
सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोग पुष्टि भए कति वर्ष जेल सजाय ?

सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोग पुष्टि भए कति वर्ष जेल सजाय ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए । जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । मंगलबारै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ । लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध…
Read More
बैंक खातामा पैसा नभएकाे चेक दिएर ठगी

बैंक खातामा पैसा नभएकाे चेक दिएर ठगी

काठमाडौँ । भक्तपुरको एक जनाले बैंक खातामा पैसा नभएको चेक दिएर ठगी गरेका छन् । पटक-पटक बैंकमा चेक साट्न जाँद पैसा नभएर पीडित सबजल कुँवर फिर्ता भएपछि चेक दिने प्रविन किजुविरूद्द ठगीको उजुरी परेको हो । पीडित कुँवरले जुन २७ तारेखको चेक दिएर किजुले बैंक खातामा पैसा जम्मा नगरेर ठगी गरेको बताए । उनले भने, 'उहाँले मलाई भोलि दिन्छु भोलि दिन्छु भन्दै आज डेढ महिना भइसकेको छ, तर अहिलेसम्म खातामा पैसा आएको छैन।' कुँवरले गरिमा विकास बैंकको किजुले चेक दिएको बताए । उनले भने, 'उहाँले मेरो नाममा एनएमबी बैंकको विभिन्न मितिमा पैसा जम्मा गरेको भौचर पठाए पनि अहिले सम्म पैसा…
Read More
क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाैँ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाइदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
Read More
अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराधमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ। यही साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि…
Read More
नेपालमा अपराधमा गर्ने चिनियाँ नागरिकलाई छाेड्न दूतावसको दबाब

नेपालमा अपराधमा गर्ने चिनियाँ नागरिकलाई छाेड्न दूतावसको दबाब

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई रिहा गर्न दबाब दिएको छ । नेपाल प्रहरीले शनिबार काठमाडौंका विभिन्न स्थानमा अवैध रुपमा लुकेर बसेका २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु भिजिट भिसामा आएर आवरणमा व्यापार गर्ने र लुकेर ह्याकिङदेखि अनलाइन गेमिङदेखि नेपालमा प्रतिबन्ध साइबर अपराध गर्दै आएका थिए । त्यस्तै केहीको भिसा सकिएर लुकेर बस्दै साइबर अपराधमा संलग्न रहेको पाइएको छ । हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेका बेला बालुवाटारस्थित चिनियाँ राजदूतावासले आफूलाई बुझाउन प्रहरी प्रशासनलाई दबाब दिएको प्रहरीका एक उच्च अधिकारीले बताए । अवैध ह्याकिङ र गेमिङ गरेको आरोपमा पक्राउ परेका…
Read More
मानव शरीरको सिङ्गोे हड्डीसहित एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी पक्राउ

मानव शरीरको सिङ्गोे हड्डीसहित एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी पक्राउ

  विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो । सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला पारेको छ । पढाइ सकेर घर फर्कने क्रममा सिन्हाले कार्टुनमा लुकाएर भारत लैजादै गरेको अवस्थामा कङ्काल फेला थियो । सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.