भारतीय सीमा सुरक्षा बलको टोली काठमाडौं आइपुग्यो

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन काठमाडौं आइपुगेका छन् ।

नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

बैठक दिउँसो १२ बजे सुरु हुने बताइको छ । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन् ।

बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।

Facebook Comments