मनास्लु हिमपहिरोमा गम्भीर घाइते दुई जनासहित ६ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको छ ।

पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने छन् ।

चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो ।

Facebook Comments