सुरक्षा/अपराध

स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चारजना पक्राउ

स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चारजना पक्राउ

  मोरङ। प्रहरीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जुगाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको रकमसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More
५ लाख घूससहित धनुषा मालपोतका निमित्त प्रमुख पक्राउ

५ लाख घूससहित धनुषा मालपोतका निमित्त प्रमुख पक्राउ

  धनुषा — जनकपुरको भानुचोबाट भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बिहान भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिल झालाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले झालाई सेवाग्राहीबाट लिएको पाँच लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो । हक मुद्दा मिलाइदिने भन्दै प्रमुख झाले घुस मागेको भन्दै अख्तियारमा सेवाग्रहीले उजुरी गरेपछि अख्तियारको टोली बिहानै जनकपुर आइपुगेको थियो । महतोकी श्रीमती सरिताकुमारी महतो र बुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको जग्गाको विवाद मिलाइने भन्दै दुवै पक्षलाई बोलाएर झाले मोलमोलाई गरेका…
Read More
जापान जान लागेकी युवतीकाे झाेलामा गाेली भेटियाे, विमानस्थलबाटै पक्राउ

जापान जान लागेकी युवतीकाे झाेलामा गाेली भेटियाे, विमानस्थलबाटै पक्राउ

  नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

  २८ चैत, उदयपुर। प्रहरीले श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल रहेका छन् । दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत

तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत

तेह्रथुम - तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Read More
मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भीर 

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भीर 

मकवानपुर - मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ । अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।
Read More
झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा - झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गए राति मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।
Read More
१० किलो लागूऔषधसहित एक युवक पक्राउ

१० किलो लागूऔषधसहित एक युवक पक्राउ

जनकपुरधाम- करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । इप्रका धनुषाबाट गस्ती टोलीमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा शहिदनगर नगरपालिका-३ यदुकूहा-जनकपुर सडक खण्डबाट यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जनाएको छ । गस्तीको क्रममा यादवमाथि शंका लागेपछि उनले चढेको मोटरसाइकलको चेकजाँच गर्दा मोटरसाइकल बाँधिएको बोरामा १० किलो गाँजा बरामद भएको उनले बताए । प्रहरीले उनको शरीर खानतलासी गर्दा हाप पाइन्टको बायाँ साइडको खल्तीबाट नगद १ हजारको दरले नोट ३१ थान…
Read More
चिनियाँ नागरिक पक्राउ

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ - पुर्वी नेपालको हिमाली जिल्ला संखुवासभामा रहेको किमाथांका नाकाबाट आएका चाइनिज नागरिक पक्राउ परेका छन्। निषेधित क्षेत्र भोटखोला गाउँपालिका १ किमाथांका क्षेत्रबाट २८ वर्षीय झाउ जियानजियान पक्राउ परेका हुन्। सीमा प्रहरी चौकी किमाथांकाको टोलीले उनलाई पक्राउ गरेर शुक्रबार अध्यागमन विभाग काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतमले जानकारी दिए।
Read More
भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन

भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन

काठमाडाैँ - गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि कार्यदल बनी आवश्यक अध्ययन गरी प्रतिवेदन दिइएको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायका सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको र उक्त कार्यविधि तयार भई कार्यान्वयन नआउञ्जेलसम्मका लागि आजको सचिवस्तरीय निर्णयले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.