स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चारजना पक्राउ

 

मोरङ। प्रहरीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित चारजनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जुगाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् ।

उनीहरुलाई विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको रकमसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments