सेती नदीमा डुबेर एकजनाको मृत्यु

 

डोटी / सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् ।

शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए।

मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.