५ लाख घूससहित धनुषा मालपोतका निमित्त प्रमुख पक्राउ

 

धनुषा — जनकपुरको भानुचोबाट भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बिहान भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिल झालाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले झालाई सेवाग्राहीबाट लिएको पाँच लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

हक मुद्दा मिलाइदिने भन्दै प्रमुख झाले घुस मागेको भन्दै अख्तियारमा सेवाग्रहीले उजुरी गरेपछि अख्तियारको टोली बिहानै जनकपुर आइपुगेको थियो । महतोकी श्रीमती सरिताकुमारी महतो र बुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको जग्गाको विवाद मिलाइने भन्दै दुवै पक्षलाई बोलाएर झाले मोलमोलाई गरेका थिए ।

त्यसको जानकारी पाएलगत्तै बर्दिबासबाट खटिएको अख्तियारको टोली घटनास्थल पुगे/ उनलाई नियन्त्रणमा लिएको थियो । भानुचोकस्थित पसल अगाडि झालाई अख्तियारको टोलीले ५ लाख रुपैयाँसमेत बरामद गरेका हुन् ।

Facebook Comments