सेयर बजार राताम्मे, नेप्से परिसूचक ४४.६४ अङ्कले घट्यो

 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४४.६४ अङ्कले घटेर २ हजार ४१९.७१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब २६ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको १६ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ४० रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल इन्फ्रास्टक्चर बैंक र नबिल बैंकको कारोबार भएको छ ।

आइतबारको सेयर बजारमा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

यि कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, इमर्जिङ्ग नेपालको र राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।

Facebook Comments