पाँच मुख भएका खन्चुवाहरूले देश बर्बाद पार्दै छन्, कर्मचारीलाई तनखा दिन नसक्ने अवस्था छ : ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिएका छन् । गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्‍याउन लागेको टिप्पणी गरे ।

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी समेत गरे ।

ओलीले भने – हामीले वृद्ध भत्ता पाँच हजार पुर्‍याउने भनेका थियौंं । तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था आउन थालेको छ । हामीले कोभिड लागेको बेला समेत कर्मचारीको तनखा बढायौँ । तर यो सरकार कर्मचारीलाई तनखा समेत खुवाउन नसक्ने अवस्थामा छ ।

उनले थपे, ‘यिनीहरू देश बनाउन होइन लुट्न बसेका हुन् । पाँच वटा मुख भएका खन्चुवाहरूले देशलाई बर्बाद पारिरहेका छन्, लुटिरहेका छन् ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.