घुम्न जाने भनेपछि रातभर निन्द्रा लाग्दैन !

– बुनु पोखरेल

मान्छे विभिन्न प्रयोजनले घुम्छन् । म अर्को जिन्दगी बाँच्न घुम्छु । घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो । फरक जिन्दगी मेरो पहिचान हो । पहिचानमुुखी जिन्दगीलाई सुन्तुुष्टि दिलाउनुु सक्नुुभनेको आफैमा लामो आयुु बाच्नुु हो ।
एउटा भनाईबाट सुुरु गर्छु, तिमि बाँच, तिमि खुुशि हौं तिमिसँग सबथोक छ, तर तिमिले चौका र आँगनमात्र देखेको छौ भने त्यो तिम्रो कमजोरी हो ।

मलाईमाथिको भनाई बेला बेला तान्ने गर्छ । चुलो चौका मात्र होइन नदी, खोला नाला प्रकृतिको अनुप सौन्दर्यको रसपान पनि जिन्दगाी हो । भोको रोटीसँग तुलना गर्न मन लाग्छ मलाई प्रकृति । जसरी भोकाएको ब्यक्तिले रोटि देख्छ उसको लागि कति महत्वपूर्ण हुन्छ त्यो रोटी हो मलाई पनि घुम्न जान भनेपछि भोको रोटि जस्तै आलुुक ब्याकुुल हुुन्छुु ।
यो नियम सबैलाई लागुुहुनुुपर्छ भन्ने त छैन विचार आफनो हो । सोच आफ्नो हो । तर, महिना एकपटक भए पनि घुुम्नुुस् भन्छ्ु । हाम्रो कला प्रकृति हामीले घरको आँगनबाट देखेको भन्दाधेरै माथि गहिरो छ ।

घुमफिरलाई नै काम र ‘प्यासन’ बनाएको म जस्तो व्यक्तिलाई कोभिड–१९ महामारी र लकडाउनका कारण घरबाट निस्किन नपाउँदा असहज हुने नै भयो। म अहिलेसम्म कति ठाउँ पुगें, हिसाबकिताब गरेको छैन। तर, घु्ुम्नपर्नेधेरै ठाउँछन् । लाग्छ म एकदिन पूूर्वदेखि पश्चिम सम्मको यात्रामा निस्किन्छुु । कुुना कन्दरामा पुुग्नुु छ ।
मलाई हिमालको चिसो हावा खानुु छ, पहाडको फेदमा नाच्नुु छ अनि तराईमा धान रोप्नुु छ अनि मज्जा जिन्दगी ।

म एउटै ठाउँमा फेरि–फेरि जाँदा एकदम द्रुत गतिमा बदलिरहेको अनुभव गर्छु । निकै परिवर्तन देख्न पाउँछु। जस्तो– कुनै वेला झरना थियो, अहिले छैन।
जब म बुुझ्ने भए बाबासँग बजार जान हतारिन्थे, बाबाको हातसमाउँदै शहरका रोमान्चक दृश्य मेरा आँखामा फनफन्नी नाच्थ्यो ।घरका परिवार कतै जान लाग्नुु भयो भने पनि मलाई जानै पथ्र्यो, ममि दाईहरु कहिलेकाँही मलाई नभनकीकन सुुटुुक्क कतै जानुु भयो भने म त्यो दिनको खानै खान्न थिए । ममि बाबाको काखमा पुुलपु्ल्लीएर मेरो जिन्दगी अहिले आफै रमाउनेतिर पुुगे ।
अहिले पनि साथीहरुसँग बरु कलेज बंक गरेर भए पनि घुम्न जाउभनेर प्रस्ताव गर्ने म नै हुन्छुु । मलाई लाग्छ यो दुुख बाहेको जिन्दगीमा अलिकति रमाउनुु हो । अलिकति हाँस्नुुहो रअलिकति बाच्नुु हो ।

त्यसपछि जिन्दगी सकिन्छ । सकिने लागेको जिन्दगीको के भर कतिबेला कहाँगएर जिन्दगीको गोरेटोमा ठेस लाग्छ त्यसलै ठेस लगाउनुु अघि जिन्दगीमा भेटिएको रंगिन दुुनियाँलाई एक तृप्त हुुनैपर्छ । तपाईलाई थाहा छ, कोठाभित्रको दुनियाँबाट बाहिरी संसार नयाँ ठाउँको अबलोकनको दृश्यलोकनले मनको आत्मालाई भित्रैबाट सन्तुुष्टदिन्छ ।
मलाई लाग्छ जिन्दगीमा खोज गर, दुुख गर अनि मलाइ पनि आनन्दीत बनाउ । अहिले देख्छुु,एकथरी मान्छे दुुख मात्रगर्छन अनि मनलाई काममै पिल्साउँछन् । त्योहोइन विहान कमाएर बेलुुका एकछाक नखाएर भए पनि घुम्नुुछ एक रात भएपनि नयाँ ठाउँ पुुग्नुुस लागेको भोक भन्दा मिठो यादसँग आनन्द आउने छ ।
लामो आयुुको श्वास भनेको नयाँ प्रकृतिको अनुुमप स्वाद हो, हाम्रो कला हो जुुन हामीले देख्न बाँकि त्यो घुमेर सम्भव छ । आउँ मिलेर झुुमौं मिलेर घुमौं।
प्रकृति प्रेमी ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.