सुरक्षा/अपराध

बारामा ३ लाख नक्कली नोट बरामद, किशोर पक्राउ

बारामा ३ लाख नक्कली नोट बरामद, किशोर पक्राउ

बारा- बारामा सशस्त्र प्रहरीको गस्ती टोलीले नक्कली ३ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा छिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्र महतो रहेका छन् । बारास्थित प्रहरी बोर्डर आउटपोष्ट गोलागञ्जको टोलीले बिहीबार अपरान्ह महतोलाई नियन्त्रणमा लिएको हो । महतोको साथबाट प्रहरीले ३ लाख १ हजार रुपैयाँ नक्कली र १५२५ रुपैयाँ सक्कली नोट बरामद गरेको छ । महतोबाट लु७८प २३९७ नम्बरको मोटरसाइकल समेत बरामद भएको मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख तथा छिनमस्ताका बाहिनीपति डिआइजी गणेश ठाडामगरले बताए । महतोलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको बताइएको छ । पक्राउ परेका महतोबारे थप अनुसन्धान भैरहेको प्रहरीले…
Read More
हिरासतभित्र क्रुर यातना दिएको भन्दै सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी

हिरासतभित्र क्रुर यातना दिएको भन्दै सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी

चितवन - नेपाली सेनाको हतियार चोरी प्रकरणमा जबरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पीडितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् । ३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष सावित भएका सेनाका पूर्व जवान लवकुमार गुरुङले चार अधिकृतविरुद्ध सरकारी वकिलको कार्यालय चितवनमा आइतबार किटानी जाहेरी दिएका हुन् । हतियार चोरेको आरोपमा सेनाका कालीबहादुर गण भरतपुरमा कार्यरत गुरुङ ५ पुस २०७५ मा पक्राउ परेका थिए । हतियार चोरेको आरोपमा उनीसँगै अमल्दार सरोज तामाङ पनि जेल चलान भएका थिए । निर्दाेस सावित भएपछि १८ भदौ २०७८ मा चितवन कारागार भरतपुरबाट उनीहरु रिहा भएका हुन् । निर्दाेस साबित भएर जेलबाट छुटेपछि लवकुमार…
Read More
बलात्कार आरोपमा सांसद मोहन बानियाँ पक्राउ

बलात्कार आरोपमा सांसद मोहन बानियाँ पक्राउ

काठमाडौं - जबर्जस्ती करणीको आरोपमा नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँ सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । काठमाडौबाट फर्कदै गर्दा नेपालगञ्ज विमानस्थलबाट बानियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २४ गते बानियाँविरुद्ध दिएको उजुरी माघ २७ गते दर्ता भएको थियो । सोही उजुरीको आधारमा सा‌सद बानियाँविरूद्ध फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पक्राउ पुर्जी जारी गरेको थियो । बलात्कार आरोपित सांसद बानियाँ फरार थिए । २५ लाख रुपैयाँको चेक लिन आउ भन्दै होटलमा बोलाएको…
Read More
बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ

बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ

मोरङ – लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । ‘बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ’, एसपी जिसीले भने– ‘हत्यामा संलग्न रहेको आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ ।’ स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा नाङ्गो अवस्थामा शव भेटिएको थियो । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका हरेक दिन विद्यालय आउ–जाउ गर्थिन् । उनीसँगै धेरै साथीहरू यही बाटो…
Read More
नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं - नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा मनोजकुमार केसी, तुल बहादुर कार्की, दयानिधि ज्ञवाली, दान बहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहेका छन् ।
Read More
थपिएको तीन प्रहरी एआईजी दरबन्दीमा क-कसको सम्भावना ?

थपिएको तीन प्रहरी एआईजी दरबन्दीमा क-कसको सम्भावना ?

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ। नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पु-याइएको हो । पछिल्लोपटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण ९ओ एन्ड एम० गरेर गृह मन्त्रालयमा पठाइएको थियो । गृह मन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय लिएको हो । थपिएको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश समन्वय विभागमा रहने भएको छ । थप भएको दरबन्दीमा बढुवाका लागि…
Read More
चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

काठमाडौं । ३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन्। चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । त्यस दिन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही त्यसै दिन घर जाँदै छन् । त्यस दिन पाँचवटा प्रदेशका प्रहरी प्रमुख पनि घर जानेछन् । घर जाने तयारी हालतमा रहेका…
Read More
प्रयाङ्कको नाममा गोप्य भिडियो बनाएर अपलोड गर्ने युवक पक्राउ

प्रयाङ्कको नाममा गोप्य भिडियो बनाएर अपलोड गर्ने युवक पक्राउ

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले प्रयाङ्कको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार नेपाली प्रयाङ्कस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका आकाश सेडाईलाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार उनले प्रयाङ्कको नाममा सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा गर्दै शारीरिक र मानसिक सास्ती दिने, गोप्य भिडियो बनाएर युट्युबमा अपलोड गर्ने कार्य गर्दै आएका थिए। उनी हाल भक्तपुर कौशलटारमा बस्दै आएका थिए। ब्यूरोका अनुसार सेडाईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर फागुन ३ गते पक्राउ गरिएको हो। अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले यसअघि एक सूचना…
Read More
मन्त्री आलेले अश्लील गालीगलौज गरेको अडियो भाइरल

मन्त्री आलेले अश्लील गालीगलौज गरेको अडियो भाइरल

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले यतिबेला निकै चर्चामा छन् । भाइरल मन्त्री भनेर चिनिने आलेले मंगलबार बिहानदेखि भने सामाजिक सञ्जालमा अर्कै काण्डका कारण चर्चामा छन् । जगत ओली नाम गरेको एक व्यक्तिले पर्यटन मन्त्रालयसम्बन्धी सोधेको एक प्रश्नमा आलेले तथानाम गालीगलौज गरेको सुन्न सकिन्छ । ओलीले मन्त्री आलेसँग गरेको संवाद आफ्नो फेसबुक पेजमा भिडियोसहित पोस्ट गरेका छन् । जसमा आलेले सुन्नै नसकिने मा...मु...शब्द त कति हो कति बोलेका छन् । स्वर मन्त्री आलेकै भएको प्रस्ट सुन्न सकिन्छ । मन्त्रीको पदमा बसेको व्यक्तिले त्यस्तो शब्द बोले होला भनेर कसैले पनि पत्याउँदैन । तर, उनले आफूलाई प्रश्न सोध्ने व्यक्तिलाई घरबाटै उठाएर ल्याउनेसमेत धम्की…
Read More
चिनियाँ नागरिक चार करोडको सुनसहित विमानस्थलबाट पक्राउ

चिनियाँ नागरिक चार करोडको सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ - आफैँले लगाएको कपडा मै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई सादा पोसाकमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको थियो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आउने क्रममा विमानस्थलको आगमन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.