काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले यतिबेला निकै चर्चामा छन् । भाइरल मन्त्री भनेर चिनिने आलेले मंगलबार बिहानदेखि भने सामाजिक सञ्जालमा अर्कै काण्डका कारण चर्चामा छन् ।
जगत ओली नाम गरेको एक व्यक्तिले पर्यटन मन्त्रालयसम्बन्धी सोधेको एक प्रश्नमा आलेले तथानाम गालीगलौज गरेको सुन्न सकिन्छ । ओलीले मन्त्री आलेसँग गरेको संवाद आफ्नो फेसबुक पेजमा भिडियोसहित पोस्ट गरेका छन् ।
जसमा आलेले सुन्नै नसकिने मा…मु…शब्द त कति हो कति बोलेका छन् । स्वर मन्त्री आलेकै भएको प्रस्ट सुन्न सकिन्छ ।
मन्त्रीको पदमा बसेको व्यक्तिले त्यस्तो शब्द बोले होला भनेर कसैले पनि पत्याउँदैन । तर, उनले आफूलाई प्रश्न सोध्ने व्यक्तिलाई घरबाटै उठाएर ल्याउनेसमेत धम्की दिएका छन् ।
सम्बादको अडियो मिडिया डबलीसंग सुरक्षित छ । सुन्न नसक्ने भएकाले यहाँ पोस्ट नगरिएको हो ।
