१० डीएसपीको काज सरुवा, को कहाँ पुगे ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक (डीएसपी) को काज सरुवा गरेको छ । काज सरुवा सूची अनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् । कार्यालयले आइतबार साँझ गरिएको काज सरुवा अनुसार दोलखामा गंगाप्रसाद पौडेल, रामेछापमा राजकुमार थिङ र रसुवामा कुलदिप चन्द जिल्ला प्रहरी प्रमुख बनेका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले चापागाउँ प्रहरी वृत्त प्रमुखमा द्धारिका घिमिरे र सातदोबाटो प्रहरी वृत्तमा मदन केसीलाई पठाएको छ ।
