नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह समातियो
काठमाडौं । नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ । नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् । ‘उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका रहेछन्’ कुँवरले भने, ‘यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा…
