चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

काठमाडौं । ३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन्।

चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

त्यस दिन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही त्यसै दिन घर जाँदै छन् ।

त्यस दिन पाँचवटा प्रदेशका प्रहरी प्रमुख पनि घर जानेछन् । घर जाने तयारी हालतमा रहेका डीआईजीमा मधेस प्रदेशका उमेश रंजितकार, बाग्मतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल छन् ।

यस्तै, दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष सेवा हद आगामी १८ वैशाखमा पूरा हुँदै छ । राजधानी दैनिकमा समाचार छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.