बैंक खातामा पैसा नभएकाे चेक दिएर ठगी

काठमाडौँ । भक्तपुरको एक जनाले बैंक खातामा पैसा नभएको चेक दिएर ठगी गरेका छन् । पटक-पटक बैंकमा चेक साट्न जाँद पैसा नभएर पीडित सबजल कुँवर फिर्ता भएपछि चेक दिने प्रविन किजुविरूद्द ठगीको उजुरी परेको हो ।

पीडित कुँवरले जुन २७ तारेखको चेक दिएर किजुले बैंक खातामा पैसा जम्मा नगरेर ठगी गरेको बताए । उनले भने, ‘उहाँले मलाई भोलि दिन्छु भोलि दिन्छु भन्दै आज डेढ महिना भइसकेको छ, तर अहिलेसम्म खातामा पैसा आएको छैन।’

कुँवरले गरिमा विकास बैंकको किजुले चेक दिएको बताए । उनले भने, ‘उहाँले मेरो नाममा एनएमबी बैंकको विभिन्न मितिमा पैसा जम्मा गरेको भौचर पठाए पनि अहिले सम्म पैसा आएको छैन।’

कुँवरले पैसा नपाएपछि आफू बाध्य भएर महानगरी प्रहरी परिसर टेकुमा ठगीको निवेदन दिएको बताए । कुँवरले भने, अहिले उहाँको फोन स्वीच अफ छ, सम्पर्क हुन सकेको छैन।’ कुँवरले  उहाँले अरूलाई पनि ठगी गरेकाे हुन सक्ने बताए ।

नेपाल सत्य डटकमले पनि पीडित कुँवरले दिएकाे पीडक किजुकाे नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसअघि नेपाल सत्यले पीडक किजुसँग यही विषयमा कुरा गरेकाे थियाे । त्यसबेला किजुले म केही दिनमै पैसा दिने बाचा गरेका थिए । जसकाे अडियाे क्लिप नेपाल सत्यसँग सुरक्षित छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.