नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन फोटो स्टुडियो सञ्चालक पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीका तीन फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

मोरङ घर भई गौशाला बस्‍ने एभिआइ फोटो स्टुडियोका चबुरलाल चौधरी, सिन्धुली घर भई बानेश्वर बस्ने एमए जनरल फोटो स्टुडियोकी सुमित्रा कोइराला र आरएन फोटो स्टुडियोकी फुल्हमु तामाङ पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

उनीहरूले स्टुडियोमा एसएलसी, प्लस टु लगायतको शैक्षिक प्रमाणपत्र बनाउने गरेको आरोप छ। प्रहरीले स्टुडियोबाट प्रमाणपत्र, कम्प्युटर, ल्यापटप, फोन बरामद गरेको छ।

एसपी कोइरालाका अनुसार उनीहरूले विशेषगरी खाडी मुलुक जानेलाई प्रमाणपत्र बनाइदिन्थे। त्यसबापत उनीहरूले पाँच सय देखि एक हजार रुपैयाँ सम्म लिन्थे। प्रहरीले लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान गर्न उनीहरूलाई प्रहरी वृत्त, गौशाला पठाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.