सुरक्षा/अपराध

पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक…
Read More
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत श्रोतका अनुसार बाँसबासी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौंलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि…
Read More
भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय…
Read More
अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रशंसा गरे । । उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेकोसमेत उनको भनाई छ । “माथिल्लो तहदेखि…
Read More
एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह एक करोड ३५ लाख ठगेर फरार भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह ६ दिनदेखि फरार भएका हुन् । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर आफूहरुलाई झुक्याइएको बचतकर्ताहरूको आरोप छ । बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् । उनले बचतकर्ताहरूलाई थाहा नै नदिएर अर्को खातामा पैसा ट्रान्सफर गर्ने गरेको आरोप छ । स्रोतका अनुसार शंकास्पद देखिएपछि बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ । रकम हिनामिना…
Read More
लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागूऔषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् । महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरु बनाउन समेत निर्देशन दिएका हुन् । गृहमन्त्री श्रेष्ठले लागूऔषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए । त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो । गृहमन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै…
Read More
कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

नेपालगन्ज, १६ कात्तिक : बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्ति रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले निजलाई आज अपराह्न पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले…
Read More
कसले दियाे चिनियाँ मुलका नागरिकलाई नेपाली नागरिकता ?

कसले दियाे चिनियाँ मुलका नागरिकलाई नेपाली नागरिकता ?

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने फ्याक्ट्री नै फेला परेको छ । विभागले आइतबार टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्दा त्यहाँ तस्करीमार्फत आएको सुन गाल्ने काम हुने गरेको खुलेको छ । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशङ्कामा राजस्व अनुसन्धान विभागले काठमाडौँको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका दावा छिरिङलाई आइतबार बिहान होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको छ । विभागले सो होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान सुरु गरेको छ । छिरिङले नमोबुद्ध–११…
Read More
किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने चिनियाँ नागरिक पक्राउ

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएर बलात्कार गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएर बलात्कार गरेकाे आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्धार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ । ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो । त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ…
Read More
इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’ अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.