सुरक्षा/अपराध

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट २ महिला पक्राउ

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई महिला पक्राउ परेका छन् । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित दुई महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन्। हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा ११.६४ ग्राम तौलको सुनको बेरुवा औंठी १ थान र करिब ५८.३२ ग्राम तौलको सुनको ब्रासलेट १ थान सहित पक्राउ गरिएको हो। यसैगरी हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल…
Read More
एसपीहरूलाई आईजीपी कुँवरको निर्देशन – खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्नू

एसपीहरूलाई आईजीपी कुँवरको निर्देशन – खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्नू

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । आईजीपी कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताए । संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि…
Read More
एसपीहरुलाई गृहमन्त्रीको निर्देशन – शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्नू

एसपीहरुलाई गृहमन्त्रीको निर्देशन – शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्नू

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालयमा खटिएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन् । बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको उपस्थितिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खट्न आग्रह आग्रह गरे । सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिना सङ्कोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र…
Read More
‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस !

‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस !

‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस ! सिराहा । ‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव रहेका छन् । उनले १५ वर्षीय बालिगलाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सिराहाले यादवलाई पक्राउ गरेको हो । बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी…
Read More
ललितानिवास जग्गा हिनामिना प्रकरण : चार वर्षपछि आज फैसलाको तयारी

ललितानिवास जग्गा हिनामिना प्रकरण : चार वर्षपछि आज फैसलाको तयारी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर अनियमितता गरेको मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने भएको छ । मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो । सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस मंगलबार सकिएको थियो । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो। पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, तथा भूमाफियाका…
Read More
एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता

एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहविरुद्ध मुद्दा दर्ता भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका अप्रेसन इन्चार्ज शाहविरुद्ध एक करोड ३१ लाख २५ हजार रुपियाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्दा दर्ता भएको हो । अप्रेसन इन्चार्ज शाहविरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन…
Read More
पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो । घटनास्थलमा पुगेको प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरूलाई उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पठाएका छन् ।​ मृतकको पहिचान खुल्न बाँकी छ ।
Read More
अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ

अवैध रुपमा दिराम र लाखौं साउदी रियाल दुबई लैजान खोज्ने १९ वर्षिय युवती पक्राउ

काठमाडौं । अवैध रुपमा यूएई र साउदीको मुद्रा लिएर दुईब जान लागेकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल बोकेर दुबई उड्ने तयारीमा रहेकी जुगल गाउँपालिका–२, सिन्धुपाल्चोककी १९ वर्षीया सुस्मिता गोले पक्राउ परेकी हुन् । फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेकी उनी सोमबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । विमानस्थल प्रहरीका अनुसार होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा गोले पक्राउ परेकी हुन् । बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
सिराहाबाट पेस्तोलसहित युवक पक्राउ

सिराहाबाट पेस्तोलसहित युवक पक्राउ

सिराहा। प्रहरीले सिराहाबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव छन् । उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रबिन्द्रराज पाण्डेले रातोपाटीलाई बताए । सिराहा नगरपालिका– ७ स्थित सल्हेश मन्दिर नजिकै २२ वर्षीय सञ्जीतकुमार यादव र उनकी बहिनी सञ्जीता यादव बस्ने डेरामा गएर सरोजले विवाद गरेका थिए । विवादपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । विवादमा संलग्न सरोजकुमार यादवलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पेस्तोल फेला परेको डीएसपी पाण्डेले जानकारी दिए । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
Read More
कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय स्वदेश फर्किए

कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय स्वदेश फर्किए

काठमाडौ‌ । मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ । नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको हो । उनीहरु सोमबार बिहान दिल्ली विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो। दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.