मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् । त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १८ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । तामाङ अध्यागमन विभागका प्रमुख हुन् । शर्मा यसअघि नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् । पेमेन्ट गेटवे खरिदमा झुटा विवरण राखी अन्तर्राष्ट्रिय आशयपत्र…
