सुरक्षा/अपराध

मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

मलामी बोकेको जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु

बैतडी । मलामी बोकेको जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । डिलासैनी गाउँपालिका १ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सु.प.प्र-०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले…
Read More
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन्। गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।
Read More
पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

झापा । झापामा गत शुक्रबार आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो। फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो। मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए।
Read More
कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ, वचतकर्ताको ६ अर्ब १३ करोड हिनामिना

काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार ठकुरीसहित सहकारीका अन्य ६ पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सहकारी ऐन, २०७४ को दफा १०४ को…
Read More
ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

ग्राहकको १ करोड ३७ लाख चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीले) कनिष्ट सहायक रोहित कुमार ओझालाई ले पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ओझाले नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको १ करोड ३७ लाख ८६ हजार रकम चोरी गरेको भेटिएको छ । ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
Read More
बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भेटिएको छ । आयोगले मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको…
Read More
यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय

यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो । श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए…
Read More
वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । सोमवारदेखि ललितपुरको गोदावरीमा शुरू भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले यस्तो जानकारी गराएका हुन् । उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए । उनले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताए । उनले महासमिति बैठकले अगाडि बढाएको प्रस्तावले नेपाली कांग्रेसलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्पत्ति छानबिनको प्रस्ताव पारित गरेर वडा…
Read More
सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

काठमाडौँ । अश्लील भिडियो खिचेको आरोप सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसी स्वयम्भूबाट पक्राउ परेका हुन् । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीविरुद्ध स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले डीएसपी केसीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । डीएसपी केसीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।
Read More
धरानमा प्रहरी र स्थानीयबीच झडप

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी । सुनसरीमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका १९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको बताइएको छ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.