जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्।

क्रिकेटर लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन्।

गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.