केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसीले भनेजस्तो ५ सय र हजारको नोट प्रतिबन्ध गर्न सम्भव छ ?

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भारतले जस्तै नेपाल सरकारले पनि नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

बैठकमा १४ बुँदे धारणा राख्दै उनले ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो।

यसको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले भने–‘माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ। देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ। त्यसैले एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ ।’

राजनीतिमा लागेका व्यक्तिहरूले बोराका बोरा पैसा लुकाएर राखेको भन्ने जनतामा भ्रमपूर्ण सन्देश पुर्‍याइएको पनि उनले बताए। उनले भने–‘राजनीतिमा लागेका हामीजस्ता व्यक्तिहरूले बोराका बोरा पैसा लुकाएर राखेका छन्। कोठाभरि पैसाको गोदाम नै बनाएका छन् भन्ने जनतामा भ्रमपूर्ण सन्देश पुर्‍याइएको छ ।’

गोदावरीमा सोमबारदेखि जारी कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टी प्रवक्ता प्रकाशशरण लगायतले मंगलबार पेस गरेका प्रस्तावमाथि समूहगत रूपमा छलफल जारी छ। अहिले चार वटा समूह बनाएर छलफल भइरहेको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.