काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएर बलात्कार गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएर बलात्कार गरेकाे आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्धार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो । त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।
‘ललितपुरको घटना भएकाले त्यहींबाट मुद्दा चलाउने गरी पठाएका छौं’, सुवेदीले भने, ‘थप अनुसन्धान ललितपुरबाटै भइरहेको छ ।’
Facebook Comments