सुरक्षा/अपराध

एकैदिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले लियाे कडा एक्सन

एकैदिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले लियाे कडा एक्सन

काठमाडौं। पछिल्लाे केही दिन यता काेराेना भाइरसका संक्रमित दिन दिनै भेटिन थालेपछि संक्रमणकाे राेकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले अावश्यक कदम चालेकाे छ। एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै अस्थायी सवारी पास रद्द गर्ने निर्णय गरेको छ । विभिन्न कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएकाे छ।। उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय,…
Read More
सरकारले गर्‍यो लकडाउन अझै कडा, के के गर्न पाइँदैन? हेर्नुस् नत्र प्रहरीको फन्दामा परिएला!

सरकारले गर्‍यो लकडाउन अझै कडा, के के गर्न पाइँदैन? हेर्नुस् नत्र प्रहरीको फन्दामा परिएला!

काठमाडौं । कोरोना भाइरसबाट एकै दिन ७४ जना संक्रमित भएपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ। गृह मन्त्रालयमा मंगलवार बसेको बैठकले चैत ११ देखि जारी लकडाउनमा थप कडाई गर्दै एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ। प्रशासन कार्यालयबाट जारी भएका सबै पास रद्ध गरेको छ। आजको मन्त्रिपरिषद बैठकमा लकडाउन खुकुलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि गृह तातेको हो। एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। सरकारले केही दिनअघिमात्रै लकडाउनमा खुकुलो गरेको थियो। तर पछिल्लो तीन दिनयता संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार कडाई गर्ने निर्णयमा पुगेको हो। निर्णय…
Read More
एकैदिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले लियाे कडा एक्सन

एकैदिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले लियाे कडा एक्सन

काठमाडौं। पछिल्लाे केही दिन यता काेराेना भाइरसका संक्रमित दिन दिनै भेटिन थालेपछि संक्रमणकाे राेकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले अावश्यक कदम चालेकाे छ। एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै अस्थायी सवारी पास रद्द गर्ने निर्णय गरेको छ । विभिन्न कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएकाे छ।। उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय,…
Read More
एकैदिन ५७ जनामा काेराेना देखिएपछि बारा प्रशासनले गर्‍याे यस्ताे निर्णय

एकैदिन ५७ जनामा काेराेना देखिएपछि बारा प्रशासनले गर्‍याे यस्ताे निर्णय

काठमाडौं । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन…
Read More
भारतबाट नेपाल आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फाले

भारतबाट नेपाल आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फाले

पोखरा । पाेखरामा भारतबाट आएका युवक प्रहरी देख्नसाथ तीन तलाबाट हाम फालेका छन्। पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत हाम फालेका हुन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरेर पाेखरा अाए। करिब तीन महिनाअघि कामका लागि उनी भारतको कर्नाटक गएका थिए। अभिषेक भारतबाट आएको थाहा पाएपछि स्थानीय तर्सिए । तत्कालै उनीहरुले वडामा खबर गरेपछि वडा प्रहरीसहित जनप्रतिनिधि पुगे । प्रहरी देख्नेबित्तिकै अभिषेकले आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले । उनको खुट्टामा सामान्य चोट लागेको छ । ‘गेटबाट भित्र मात्र छिन लागेका थियौं…
Read More
नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण

नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण

कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्समा कोरोना संक्रमण देखिएको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना देखिएको बताए । ‘८ जना क्वारेन्टाइनमा रहेका र १ जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ,’ उनले भने । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो । कपिलवस्तु नगरपालिकाभित्र…
Read More
हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत भेटिए

हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत भेटिए

सुर्खेत। सुर्खेतमा ड्यूटीमै रहेका बखत सम्पर्कविहिन बनेका एक प्रहरी जवान मृत फेला परेका छन्। सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए। सम्पर्कविहिन भएका खड्काको शव आज बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा भेटिएको खबर प्राप्त भएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार पन्तले बताए। राती २–३ बजेसम्मको ड्युटीमा खटिएका प्रहरी जवान खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट एक टोली अनुसन्धानका लागि आग्रीगाउँतर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका…
Read More
भारतबाट रातारात नेपाल छिरे १५ युवा

भारतबाट रातारात नेपाल छिरे १५ युवा

विराटनगर : भारतीय भूमि हुँदै नेपाल आएकामा कोरोना संक्रमण देखिइरहेका बेला विराटनगरको जोगवनी नाका हुँदै १५ युवा भारतबाट रातारात नेपाल छिरेका छन्। दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका उनीहरुलाई नेपाल छिरेपछि हाल विराटनगर महानगरपालिका–१६ हुलास मेटल चौकमा रोकेर राखिएको छ। मंगलबार बिहान २ बजे विराटनगर प्रवेश गरेका युवामा मोरङका दुई, झापाका चार र सुनसरीका नौ जना छन्। ती मध्ये सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरीका दुई, इनरुवा र धरानका एक/एक, झापा शिवसताक्षीका दुई, कन्काइका दुई, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका एक/एक जना छन्। नेपाल गरेका युवाहरु २० देखि ३० वर्ष उमेरका छन्। उनीहरुलाई अगाडि…
Read More
बहुविवाहमा सजाय पाएकी महिलाले लगाइन् पूर्वपतिमाथि बलात्कार आरोप

बहुविवाहमा सजाय पाएकी महिलाले लगाइन् पूर्वपतिमाथि बलात्कार आरोप

सल्यान। बहुविवाह बदर भएका सल्यानका एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कारको मुद्दा दर्ता भएको छ। शारदा नगरपालिका–८ सिमखर्कका ३३ वर्षीय युवकले शनिबार स्थानीय रारे जंगलको नर्सरीमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पूर्वपत्नीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएकी हुन् । बागचौरमा रहेको कुटानी पिसानी मिलबाट घरतर्फ फर्कंदै गर्दा कुटपिट गर्दै पूर्वपतिले आफूलाई जंगलमा लगेर बलात्कार गरेको भन्दै महिलाले जाहेरी दिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । अदालतको फैसलाले पतिपत्नी नमाने पनि मैलै तिमीलाई अझै पत्नी मानेको छु भन्दै जबर्जस्ती करणी गरेकाे ती महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । उनीहरू दुबै बहुविवाहको सजाए…
Read More
युवतीलाई गर्भवती बनाएपछि प्रेमी फरार !

युवतीलाई गर्भवती बनाएपछि प्रेमी फरार !

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवती गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै युवतीले स्थानीय १९ बर्षका विशालबाबु चौधरीविरुद्ध गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी छन् । पटेर्वासुगौली गाउँपालिकाको उपप्रमुख ममता महतोले चौधरी नआउँदा युवती अन्यायमा परेको बताइन् । युवतीका बुवाले छोरीले न्याय पाउनुपर्ने बताएका छन् । प्रहरीले समस्या समाधानका लागि तदारुकता नदेखाएको आरोप उनीहरुले लगाएका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले फरार युवकलाई झिकाउन जिल्लाबाट आदेश आए पनि घरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.