वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको छ ।
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवती गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै युवतीले स्थानीय १९ बर्षका विशालबाबु चौधरीविरुद्ध गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी छन् ।
पटेर्वासुगौली गाउँपालिकाको उपप्रमुख ममता महतोले चौधरी नआउँदा युवती अन्यायमा परेको बताइन् । युवतीका बुवाले छोरीले न्याय पाउनुपर्ने बताएका छन् । प्रहरीले समस्या समाधानका लागि तदारुकता नदेखाएको आरोप उनीहरुले लगाएका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले फरार युवकलाई झिकाउन जिल्लाबाट आदेश आए पनि घरमा नरहेकोले पठाउन नसकिएको बताए ।
‘विशाल चौधरीविरुद्ध हामीकहाँ कुनै उजुरी परेको छैन, जिल्लामा निवेदन परेको हुन सक्छ । जिल्लामा झिकाउन पत्र आएको थियो’ प्रहरी निरीक्षक चोरवारले भने ‘चौधरी घरमा छैनन्, कता गएका छन् ? खोजी गरिरहेका छौं ।’
Facebook Comments