Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । कपिलवस्तुपछि सप्तरीमा पनि एक काेराेना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।




Facebook Comments