एकैदिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले लियाे कडा एक्सन

काठमाडौं। पछिल्लाे केही दिन यता काेराेना भाइरसका संक्रमित दिन दिनै भेटिन थालेपछि संक्रमणकाे राेकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले अावश्यक कदम चालेकाे छ।

एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै अस्थायी सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।

विभिन्न कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएकाे छ।।

उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन ।

गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.