प्यूठान । काठमाडौंबाट प्युठान आएका ११ जनामा र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ ।
उनीहरु हाल प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । रिपोर्ट पोजिटिभ देखिनेहरुमा ८ जना पुरुष र ३ जना महिला रहेका छन् ।
उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।
उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको छ । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।
Facebook Comments