Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
सल्यान। बहुविवाह बदर भएका सल्यानका एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कारको मुद्दा दर्ता भएको छ।
शारदा नगरपालिका–८ सिमखर्कका ३३ वर्षीय युवकले शनिबार स्थानीय रारे जंगलको नर्सरीमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पूर्वपत्नीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएकी हुन् ।
बागचौरमा रहेको कुटानी पिसानी मिलबाट घरतर्फ फर्कंदै गर्दा कुटपिट गर्दै पूर्वपतिले आफूलाई जंगलमा लगेर बलात्कार गरेको भन्दै महिलाले जाहेरी दिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
अदालतको फैसलाले पतिपत्नी नमाने पनि मैलै तिमीलाई अझै पत्नी मानेको छु भन्दै जबर्जस्ती करणी गरेकाे ती महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । उनीहरू दुबै बहुविवाहको सजाए भोगेर ०७६ वैशाखमा कारागारबाट छुटेका थिए । अदालतको फैसलाले उनीहरूको विवाह बदर भएको थियो ।
घटनापछि आरोपित युवक फरार रहेकाले खोजी कार्य जारी रहेको खतिवडाले बताए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएकाे छ ।




Facebook Comments