हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत भेटिए

सुर्खेत। सुर्खेतमा ड्यूटीमै रहेका बखत सम्पर्कविहिन बनेका एक प्रहरी जवान मृत फेला परेका छन्।

सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहिन भएका खड्काको शव आज बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा भेटिएको खबर प्राप्त भएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार पन्तले बताए।

राती २–३ बजेसम्मको ड्युटीमा खटिएका प्रहरी जवान खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट एक टोली अनुसन्धानका लागि आग्रीगाउँतर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

उनी के र कति कारणले मृत भेटिए भन्ने बारेमा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.