राजनीति

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।...
माधव नेपालले पार्टी विभाजन गरे त्यसमा सामेल हुने वामदेवको घोषणा

माधव नेपालले पार्टी विभाजन गरे त्यसमा सामेल हुने वामदेवको घोषणा

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गाैतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए । यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्ने जवाफ दिएका थिए । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले लेखेका छन् नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ । १. अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क। केपी शर...
ओलीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

ओलीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आजको माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको माओवादीका एक सांसदले जानकारी दिए। ‘आज हाम्रो तर्फबाट अविश्वास प्रस्ताव दर्ताको तयारी छ । तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं,’ ती सांसदले भने। संसदका अनुसार माओवादीले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयरी गरेको छ। आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन्। अहिलेसम्मको राजनीतिक समीकरणलाई हेर्ने हो भने ओलीले विश्वासको मत गुमाउने पक्का जस्तै देखिएको छ।...
देउवा र प्रचण्डबीच छलफल

देउवा र प्रचण्डबीच छलफल

section, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनु केहीबेर अघि मात्र उनीहरुबीच छलफल भएको हो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आजको संसद बैठक र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको स्रोतको भनाइ छ । छलफलमा प्रचण्डसँग माओबादीका नेता बर्षमान पुन र देउवासँग नेता बालकृष्ण खाँणको पनि सहभागिता रहेको स्रोतले जानकारी दिएको छ।...
ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले बताए । ‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, उनले भने । सोही रणनीतिका साथसाथै आज केही सांसदले राजीनामाबारे असन्तुष्टि समेत जनाएपछि हाललाई राजीनामा टरेको बताइएको छ । यसबारे थप रणनीति बनाउन अझै पनि केही सांसदहरु छलफलमा रहेको बताइएको छ । बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्ट...
तत्काल राजीनामा नदिने माधव नेपाल पक्षको निर्णय

तत्काल राजीनामा नदिने माधव नेपाल पक्षको निर्णय

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए । तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए। उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए ।...
‘एमाले एकता सकियो, पार्टी फुटतिर गयो’

‘एमाले एकता सकियो, पार्टी फुटतिर गयो’

Featured, राजनीति
काठमाडौँ । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन्। उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए । माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताए । उनले भने,‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो। हाम्रो पत्रको जवाफ दिन पनि चाहनु भएन । सांसदबाट राजीनामासहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं ।'...
खनाल-नेपाल समुह राजीनामा दिने तयारीमा

खनाल-नेपाल समुह राजीनामा दिने तयारीमा

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् । ‘अव हामी कुर्दैनौ । सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो । ’ खनाल नेपाल समुहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् । भेला भएपछि सामुहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले जानकारी दिए ।...
पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफ गर्दैन : ओली

पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफ गर्दैन : ओली

Featured, राजनीति
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफी नगर्ने बताएका छन्। सत्तारुढ दल एमालेको आन्तरिक विवाद चर्किरहेका बेला पार्टी अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको हितविपरित काम गर्नेलाई इतिहासले माफी नगर्ने बताएका हुन्। आफ्नो पार्टीलाई फुटाउन, ढाल्नपराजित गर्न र विरोधीको स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वासको प्रस्ताव राख्ने, र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्, प्रधानमन्त्री ओलीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। पछिल्लो समय पार्टीका नेता माधवकुमार पक्ष र अध्यक्ष ओलीपक्षका नेताहरुबीच विवाद हुँदै आइरहेको छ। तर, पार्टीको विवाद समाधानका लागि अन्तिम प्रयासका लागि वा...
गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

Featured, राजनीति
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् । यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन ।यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।...