खनाल-नेपाल समुह राजीनामा दिने तयारीमा

काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।

‘अव हामी कुर्दैनौ । सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो । ’

खनाल नेपाल समुहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् । भेला भएपछि सामुहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.