ओलीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आजको माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको माओवादीका एक सांसदले जानकारी दिए।

‘आज हाम्रो तर्फबाट अविश्वास प्रस्ताव दर्ताको तयारी छ । तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं,’ ती सांसदले भने।

संसदका अनुसार माओवादीले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयरी गरेको छ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन्। अहिलेसम्मको राजनीतिक समीकरणलाई हेर्ने हो भने ओलीले विश्वासको मत गुमाउने पक्का जस्तै देखिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.