राजनीति

चीनको नयाँ ग्रेटवालले छायाँमा पार्दैछ नेपाललाई, मिचिदैंछ सिमाना

चीनको नयाँ ग्रेटवालले छायाँमा पार्दैछ नेपाललाई, मिचिदैंछ सिमाना

राजनीति, समाज
काठमाडाै‌ । हिमालयको काखमा चिनियाँ तारबार र कंक्रीटको पर्खालले तिब्बत र नेपाललाई अलग पारेको छ। संसारकै सबैभन्दा एकान्त स्थानहरूमध्ये एकमा रहेको यो क्षेत्रमा चिनियाँ सुरक्षा क्यामेराहरूले गार्ड टावरहरूमा तैनाथ हतियारधारी सुरक्षाकर्मीहरूको साथमा निरन्तर निगरानी गरिरहेका छन्। तिब्बती पठारको उचाइमा, चिनियाँहरूले एउटा पहाडमा ६०० फिट लामो सन्देश खोपेका छन्: "चिनियाँ कम्युनिस्ट पार्टी दीर्घायु होस्," जुन सन्देश पृथ्वीको अर्काे कुनाबाट समेत देख्न सकिन्छ। यसै सीमा पार, नेपालको हुम्ला जिल्लामा, स्थानीय बासिन्दाहरूले दाबी गरेका छन् कि यस दुर्गम सीमाको विभिन्न स्थानहरूमा चीनले नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ। नेपालको हुम्ला जिल्लामा, सीमावर्ती नेपालीहरूले केही स्थानहरूमा चीनले नेपाली भूमिमा अतिक्रमण गरेको दाबी गर्छन्। नेपालीहरूका अन्य गुनासा पनि छन्। चिनियाँ सुरक्षाकर्मीहरूले तिब्बती मूलका नेपा...
पर्यटन मन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन

पर्यटन मन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन

राजनीति
काठमा । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । ‘रामायण : साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे । उनीहरूले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताए । सो क्रममा उनीहरूले प्रदर्शनीको अवलोकनसमेत गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्ता प्रदर्शनीले एक अर्काको कला सिर्जनाको सिकाइसमेत आ...
कृषिमन्त्री अधिकारीसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

कृषिमन्त्री अधिकारीसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

राजनीति
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा दुईपक्षीय हितका विषयमा पनि छलफल भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेका स्मरण गरे । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्‍याउन सहजीकरणका लागि आग्रह गर्दै अधिकारीले भने, ‘यसले दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।’ सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबीचको सहकार्यलाई निरन्तरता दिन...
पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिन चीनलाई पत्र

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिन चीनलाई पत्र

अन्तराष्ट्रिय, राजनीति
काठमाडौँ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले उक्त ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले उक्त पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनलाई हस्तान्तरण गरे । पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरे । नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने उनले विश्वास व्यक्त गरे । त...
आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज अपराह्न ५ बजे बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने सम्भावना छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ। प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए। टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।...
परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

अन्तराष्ट्रिय, राजनीति
नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार,भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबिचको पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा गर्नु भएको पत्र हस्तान्तरण गर्नु भएको छ । यसअघि डा. राणा र भारतका विदेशमन्त्री डा एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता भएको थिय...
संविधान संशोधनका लागि आयोग गठन गर्नुपर्ने जसपाको माग

संविधान संशोधनका लागि आयोग गठन गर्नुपर्ने जसपाको माग

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ। साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै, जसपाको बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायत ६७ बुँदे निर्णय गरेको छ । जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ । यस्ता छन् जसपा नेपालको केन्द्रीय समितिले गरेका ६७ निर्णय :...
मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

अन्तराष्ट्रिय, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । ‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ,’ शुभकामना सन्देशमा उनले लेखेका छन् । आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ ।...
भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देउवाले भने – सम्बन्ध अझै मजबुत हुँदै जाओस्

भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देउवाले भने – सम्बन्ध अझै मजबुत हुँदै जाओस्

अन्तराष्ट्रिय, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । ‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै मजबुत हुँदै जाओस्,र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस्,’ शुभकामना सन्देशमा सभापति देउवाले उल्लेख गरेका छन् । आज अगस्ट १५ मा भातमा स्वतन्त्रता दिवस मनाइँदैछ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन् ।...
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

राजनीति
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आज मध्यान्ह भएको उक्त भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । “उहाँहरुबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ”, प्रवक्ता राईले भने, “दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।” प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्री परिचयात्मक भ्रमणमा आएका कारण अहिले कुनै सहमति वा सम्झौता नभई नितान्त शिष्टाचार भेटवार्ता भएको हो । भारतीय विदेश सचिव मिस्री दु...