राजनीति

देशको संकट हल गर्न बाबुरामका चार प्रस्ताव

देशको संकट हल गर्न बाबुरामका चार प्रस्ताव

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन् । 'देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!,' भट्टराईले ट्वीटरमा लेखेका छन्।...
‘काठमाडौँका ठूला भवनलाई आइसोलेशनका रुपमा सञ्चालन गरिन्छ’

‘काठमाडौँका ठूला भवनलाई आइसोलेशनका रुपमा सञ्चालन गरिन्छ’

section, राजनीति
काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । बसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले मुख्यसचिव डा. शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन फोनबाटै निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि ...
सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लाग्यो : प्रचण्ड

सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लाग्यो : प्रचण्ड

Featured, राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए । उनले भने, ‘अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।’ सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो । चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो । उनले भने, ‘चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गर...
ठाकुर र महतोलाई कारवाही गर्नु पर्ने रेणु यादवको माग

ठाकुर र महतोलाई कारवाही गर्नु पर्ने रेणु यादवको माग

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सत्ता समीकरणका लागि मत विभाजित भएपछि एक अर्काप्रति आरोप–प्रत्यारोपको क्रम सुरु भएको छ । यही क्रममा बरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने चेतावनी समेत दिइसकेका छन् । उता जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले पार्टीमा देखिएका समस्या र कठिनाइलाई पार्टीको बैठकबाट समाधान गर्न आग्रह गरेकी छिन् । जसपाले अहिलेसम्म जे–जे गरेको छ, ती सबै पार्टीको निर्णयबाट नै गरेको दावी गर्दै उनले भनिन्, उहाँहरुले (महन्थ ठाकुर पक्ष) पार्टीको बैठक पनि बसाउन नमान्ने र पार्टीको बहुमतबाट भएको निर्णयलाई विरोध पनि गर्ने यो सुहाउँदो कुरा होइन ।’ यादवले अहिले पनि केही नबिग्रेको र पार्टीमा छलफल गरेर अगाडि बढ्दा हुने बताइन् । पार्टीका वरिष्ठ नेता जस्तो व्यक्तिले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्...
देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै काँग्रेसको बैठक बस्न लागेको छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ । ‘पर्सिसम्म मात्रै समय दिइएको छ । बैठक त पार्टीको मात्रै नभएर सवैसँग बस्दैछौं’, नेता गोपालमान श्रेष्ठले भने । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।...
ओलीले पाएनन् विश्वासको मत, ढल्यो कम्युनिष्ट सरकार

ओलीले पाएनन् विश्वासको मत, ढल्यो कम्युनिष्ट सरकार

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ । सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे । प्रधानमन्त्रीले आफूमाथि प्र...
‘ओलीलाई विश्वासको मत प्राप्त हुने स्थिति छैन’

‘ओलीलाई विश्वासको मत प्राप्त हुने स्थिति छैन’

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताएका छन् । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे । सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु।’ ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए ।...
‘प्रधानमन्त्रीज्यू, व्यापारी घराना पोस्न जनताको ज्यानलाई दाउमा लगाएको कुरा इतिहासले बिर्सिन्छ ?’

‘प्रधानमन्त्रीज्यू, व्यापारी घराना पोस्न जनताको ज्यानलाई दाउमा लगाएको कुरा इतिहासले बिर्सिन्छ ?’

section, राजनीति
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवारीवाट टाढा रहेको बताएका छन्। आज संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारले गर्दा नै आजको यो अवस्था आइपुगेको बताएका छन्। प्रधानमन्त्री ओलीलाई छात्तीमा हात राखेर सोच्न आग्रह गर्दै देउवाले यो महामारीमा पनि धरहरा उद्घाटन गर्न जानु मुर्खता रहेको दाबी गरे। जनताको जीबन रक्षा गर्नुपर्ने सरकारले आफै भ्रष्टाचार गर्नु कत्तिको निर्लज्जता हो ? उनले प्रश्न गरे। यस्तै, प्रधानमन्त्री ओलीमाथि प्रश्नमाथि प्रश्न गरेका देउवाले प्रश्न गर्दै भने,’व्यापारी घराना पोस्न जनताको ज्यानलाई दाउमा लगाएको कुरा इतिहासले बिर्सिन्छ ? प्रधानमन्त्रीको भनाइलाई नै स्मरण गर्दै देउवाले भने, प्रधानमन्त्री भन्नुहुन्छ, औषधि नपाएर कोही मर्नु पर्दैन, उनले प्रश्न गरे के अहिले ...
तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु हो : डा. बाबुराम भट्टराई

तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु हो : डा. बाबुराम भट्टराई

राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु हो भनि प्रतिकृया दिएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘ठीक र बेठीक बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठिकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो ।’ कहिले बेठिकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठिकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म भन्दै उनले अहिले ओलीप्रवृत्ति बेठिकमध्ये बढी बेठीक रहेकाले त्यसलाई विरोध गर्न आह्वान गरेका छन् । हिजो बसेको जसपा नेपालको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । यद्यपि पक्षमा मतदान गर्ने कि विपक्षमा गर्ने वा तटस्थ बस्ने त्यसका लागि सांसदलाई स्वतन्त्रता दिएको छ । जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर पक्षका प्रतिनिध...
प्रधानमन्त्री ओलीले भने-यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन

प्रधानमन्त्री ओलीले भने-यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए । ‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन,’ उनले भने, ‘भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ ।’ उनले संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने बताए ।...