तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु हो : डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु हो भनि प्रतिकृया दिएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘ठीक र बेठीक बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठिकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो ।’

कहिले बेठिकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठिकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म भन्दै उनले अहिले ओलीप्रवृत्ति बेठिकमध्ये बढी बेठीक रहेकाले त्यसलाई विरोध गर्न आह्वान गरेका छन् ।

हिजो बसेको जसपा नेपालको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । यद्यपि पक्षमा मतदान गर्ने कि विपक्षमा गर्ने वा तटस्थ बस्ने त्यसका लागि सांसदलाई स्वतन्त्रता दिएको छ । जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर पक्षका प्रतिनिधिसभा सदस्य प्रमोद साहले आफूहरु तटस्थ बस्ने बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.