राजनीति

ओली-नेपाल भेटवार्ताबारे रामकुमारी झाँक्रीले खोलिन् मुख

ओली-नेपाल भेटवार्ताबारे रामकुमारी झाँक्रीले खोलिन् मुख

section, राजनीति
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव बिनाको संबादको कुनै अर्थ नभएको भन्दै अलमलमा पर्न नहुने बताएकी छिन्। अहिले बुढ़ानीलककण्ठमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालबीच वार्ता भैरहंदा नेत्री झाँक्रीले यस्तो बताएकी हुन्। सामाजिक सञ्जालमा झाँक्रीले जनता लोकतन्त्र र संबिधान रक्षाको लागि आफूहरुको अगाडि एकमात्र विकल्प बिद्रोह रहेको उल्लेक्झ गरेकी छिन्। आफूहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्ने भन्दै सचेत हुन चेतावनी समेत दिएकी छिन्। उनले लेखेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी...
चपली हाइटमा ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड देउवा निवास पुगे

चपली हाइटमा ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड देउवा निवास पुगे

राजनीति
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज बेलुका ९ बजे सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा छलफल शुरु भएको हो। बूढानीलकण्ठकै चपली हाइटमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीचवार्ता भइरहेको बेला अध्यक्ष प्रचण्ड देउवा निवास पुगेका हुन्। बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति देउवाले यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए। यस्तै, सभापति देउवाले आजै दिउँसो ४ बजे पार्टीको पदाधिकारी बैठक पनि बोलाएका छन् ।...
पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष  ओलीलाई प्रत्यायोजित

पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

section, राजनीति
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिए। उनका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताए । पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र असन्त...
निलम्बन फुकुवापछि योगेशले भने–अब सहमति बनाउन लाग्नुपर्छ

निलम्बन फुकुवापछि योगेशले भने–अब सहमति बनाउन लाग्नुपर्छ

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चारजना नेताको निलम्बन फुकुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरेको हो । यसैबीच, माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् । अध्यक्ष ‌केपी शर्मा ओलीले आफूले गरेको गल्ती सच्याएको भन्दै नेता भट्टराईले भने, ‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा एमालेलाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ।’ एमालेको एकता कायम राख्नका लागि अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउनुपर्ने भन्दै यो कुरालाई पनि अध्यक्षले सम्बोधन गर्न ...
देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

Featured, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ।’ देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ । मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए । देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण...
पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

राजनीति
काठमाडौँ । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएका हुन्। एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो । बैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने जनाइएको छ ।...
अन्ततः माधव समूहका २८ सांसदको राजीनामा तयार

अन्ततः माधव समूहका २८ सांसदको राजीनामा तयार

Featured, राजनीति
काठमाडौं । सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २८ सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । राजीनामा दिनको लागि अहिले खनाल नेपाल पक्षको गोप्य स्थानमा बैठक बसिरहेको छ। माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् । ‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’, खनाल–नेपाल पक्षका एक नेताले भने,...
अन्ततः माधव समूहका २० नेताको राजीनामा तयार

अन्ततः माधव समूहका २० नेताको राजीनामा तयार

Featured, राजनीति
काठमाडौं । सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।...
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त

Featured, राजनीति
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले बतायो । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ। आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका हुन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ...
‘हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं’

‘हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं’

Featured, राजनीति
काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने बताएका छन्। एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’ वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।...