‘हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं’

काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने बताएका छन्।

एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’

वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.