राजनीति

रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

Featured, राजनीति
काठमाडौं । संवैधानिक परिषदको बैठकले पूर्वसचिव माधव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषदको बैठकले झापाका रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । यसअघि लोकसेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र पूर्वसचिव रेग्मीको नाम प्रस्तावित गरिएको थियो । तर, परिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । सिफारिस भएका रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । न्यायाधीश रेग्मीसहितको ईजलाशले नेपाल कम्युनिस्ट पार्टी विभाजन गर्ने फैसला गरेको थियो । कतिपयले नेकपा विभाजन गरेकोमा न्यायाधीश कुमार रेग्मीलाई प्रधानमन्त्री केपी ओलीले उपहार दिएको संज्ञा दिँदै आएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्...
ओलीलाई विश्वासको मत नदिने जसपाको निर्णय

ओलीलाई विश्वासको मत नदिने जसपाको निर्णय

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मत नदिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफुहरुले विश्वासको मत नदिने बताएका हुन्। आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै डेढ घन्टा कुराकानी गरेपश्चात् ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताएका हुन्। प्रधानमन्त्री ओलीलाई आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता के हुँदैछ भन्ने ठाकुर र महतोको प्रश्नमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका रहेकाले प्रक्रियामा रहेको बताएका थिए। यस्तै, प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुर र महतोलाई विश्वासको मतबारे कुरा के हो भनेर सोध्दा उनीहरुले आफूहरुको माग सम्बोधन नभएको बताउदै विश्वासको मत नदिने र आ...
महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवास बुढानिलकण्ठमा

महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवास बुढानिलकण्ठमा

राजनीति
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अहिले देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । तीनै जनाबीच भेटवार्ता भइरहेको छ। सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने विषयमा उनीहरुबीच छलफल भइरहेको श्रोतले बतायो । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने मिति नजिकिँदै जाँदा राजनीति थप तरंगित बनेको छ। यही विषयमा सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । माधव नेपाल समूहका २० सांसदले राजीनामापत्रका हस्ताक्षर गरी ठिक्क पारेर राखेका छन् ।...
सांसदबाट राजीनामाबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै

सांसदबाट राजीनामाबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै

Featured, राजनीति
काठमाडौं । सांसद पदबाट सामूहिक राजीनामा दिनेबारे छलफल गर्न नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको बैठक बस्दै छ । आइतबार मध्यान्हतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुगिने खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा रहेको उनको भनाइ छ । उनले भनिन् 'अहिले नेताहरु आन्तरिक तयारीमा हुनुहुन्छ । १२ बजेतिर छलफल हुन्छ । यस्तो बेला छ छलफल भर्चुअल माध्यम मै गर्ने कुरा छ ।' नेताहरुले वर्तमान परिस्थितिबारे छलफलमा बिफ्रिङ गरेपछि कसरी जाने भनेर एउटा निर्णयमा पुग्ने शाक्यले बताइन् । अब त निर्णय गर्नै पर्छ नि । अनिर्णयको बन्दी भएर बस्नु हुँदैन । शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने खनाल नेपाल पक्षले निष्कर्ष निकालेको छ। वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस...
‘जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ’

‘जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ’

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने पनि उल्लेख गरेकी छिन् । आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ...
संविधानको दिगो सम्वर्द्धनका लागि मेरो उम्मेदवारी : गृहमन्त्री थापा

संविधानको दिगो सम्वर्द्धनका लागि मेरो उम्मेदवारी : गृहमन्त्री थापा

Featured, राजनीति
हेटौंडा । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेता मुखी नभई जनता मुखी हुनुपर्ने धारणा व्यक्त गरे । गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताए । यसैगरी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत पार्टीका साझा उम्मेदवा...
हेटौंडा पुगेर बादलले गराए उम्मेदवारी दर्ता

हेटौंडा पुगेर बादलले गराए उम्मेदवारी दर्ता

राजनीति
हेटौंडा । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् । बादलका प्रतिस्पर्धी रहेका डा.खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।...
कुनै सहमति भएको छैन, भ्रममा नपर्नुस् : माधव नेपाल

कुनै सहमति भएको छैन, भ्रममा नपर्नुस् : माधव नेपाल

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धानतनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहाने भन्दै त्यसका लागि वार्ता र लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाइ छ । उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको पनि प्रस्ट पारेका छन् । ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृ...
मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

राजनीति
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताए । ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’– उपप्रधानमन्त्री पोखरेलले भने । सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए ।...
राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

Featured, राजनीति
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय भएका थिए । स्थायी समिति बैठक र राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...