राजनीति

एमाले बैठक सकिए लगत्तै शीतल निवास पुगे ओली

एमाले बैठक सकिए लगत्तै शीतल निवास पुगे ओली

राजनीति
काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्’, बैठक पछि ज्ञवालीले भने, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’ यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । उनी शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
ओलीको घृणित राजनीतिले देश संकटमा : भीम रावल

ओलीको घृणित राजनीतिले देश संकटमा : भीम रावल

Featured, राजनीति
काठमाडौं । एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताएका छन् । बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गरेका छन् । ‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’ उनले भनेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’...
राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।...
मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले सांसद डाँगीले दिए राजीनामा

मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले सांसद डाँगीले दिए राजीनामा

राजनीति
काठमाडौं । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे । ‘माननीय डाँगीले भर्खरै सभामुखज्यूलाई भेटेर राजीनामा दिनुभएको छ । सभामुखले सचिवालयमा पठाउनुभएको छ’, मगरले भने । मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।...
प्रधानमन्त्री ओलीमाथि रामकुमारी झाँक्रीको कडा प्रहार

प्रधानमन्त्री ओलीमाथि रामकुमारी झाँक्रीको कडा प्रहार

Featured, राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै नेकपा एमाले माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजाल मार्फत कडा प्रहार गरेकी छन्। उनले लेखेकी छिन्,’हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’ झाँक्रीले प्रधानमन्त्री ओलीलाई घुमाउरो पाराले दम्भ, अहंकार र जिद्दी छोड्न आग्रह पनि गरेकी छिन् । माओवादीले बुधबार बिहान समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरि...
माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ । पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ । संविधान र परम्परा...
ओली सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ माओवादी

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ माओवादी

Featured, राजनीति
काठमाडौं । माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ ।...
वैशाख २७ अगावै सामुहिक राजीनामा दिने तयारीमा झलनाथ–माधव समूह

वैशाख २७ अगावै सामुहिक राजीनामा दिने तयारीमा झलनाथ–माधव समूह

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव समूहका सांसदबीच सामूहिक राजीनामा दिनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि झलनाथ–माधव नेपाल पक्षका २१ सांसदले सयुक्त रुपमा राजिनामा दिने तयारी थालेका हुन्। पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्‍नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले बताए । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरेपश्चात् अध्यक्ष ओलीसंग अलग रहेका पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आगा...
नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]

नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नागरिकको जीवन रक्षालाई प्राथमिकता दिएर त्यही अनुरुप योजना बनाएको बताए। एक वर्षपछि समीक्षा गर्दा सरकारो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा नरहेको प्रधानमन्त्री ओलीले दाबी गरे। यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, -एकवर्ष अघि यसै समयतिर हामीहरू कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं। मानिसको जीवन र अर्थतन्त्रको रक्षाबीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए। हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरू बनायौं। एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन। देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो। सबैक...
स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

राजनीति
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्ष सम्मा करारमा भर्ना गरिने पनि ओलीले बताए ।...